आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

आज कहाँ–कहाँ छ बाढीको खतरा ?

बुधबार, २६ असार २०८१, १२ : ३०
बुधबार, २६ असार २०८१

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बुधबार देशभरका अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । आज इलाम, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर, मकवानपुर, सिन्धुली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, दोलखा, गोरखा, तनहुँ, लम्जुङ, कास्की, पर्वत, म्याग्दी, नवलपरासी (ब.सु.प.) नवलपरासी (ब.सु.पूर्व.), कपिलवस्तु, रुपन्देही र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेको छ ।

साथै रामेछाप, गोरखा, अर्घाखाँची, पाल्पा, चितवन, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकोले नदी तटीय क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती, नदीको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ छ । भोलि र पर्सी बागमती र यसका प्रमुख सहायक नदीहरू साथै बबई र पश्चिम राप्ती नदीहरूमा जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान रहेको छ ।

12
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप