रास्वपाबारे महामन्त्रीको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरिएकोबारे कटाक्ष गरेका छन् । मंगलबार रास्वपाले ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएपछि बुधबार बिहान कांग्रेस महामन्त्री शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताए ।
‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढङ्ग बदल्नै पर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन,’ शर्माले लेखेका छन् ।
३८ जिल्लाको समीक्षा यात्राको प्रतिवेदनमा पार्टीको दुरावस्था उतार्ने रास्वपाका संस्थापक महामन्त्री ढकाल रास्वपाको साधारण सदस्यमा समिति हुन पुगेका छन् ।
प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै कांग्रेस जीवन्त रहेको उनको भनाइ छ । ‘प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ । रूपान्तरणको सङ्कल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा