पूर्वराजा शाहको जन्मदिनमा गायक निशान भट्टराईले दिए सांगीतिक प्रस्तुति

काठमाडौँ । गायक निशान भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा साङ्गीतिक प्रस्तुति दिएका छन् । उनले शाहको जन्मदिनको सेलिब्रेसन कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिएका हुन् ।
शाहले नगरकोटको होटल सोल्टी वेस्टेन रिसोर्टमा जन्मदिन सेलिब्रेसन गरेका थिए । सो क्रममा आइतबार साँझको डिनर समय अगाडि म्युजिक लाइभ कार्यक्रम आयोजना भएको थियो । शो कार्यक्रममा प्रस्तुति दिन भट्टराईलाई निम्त्याइएको थियो ।
कार्यक्रममा पूर्वराजा शाह, पूर्वरानी कोमलको अलवा राजपरिवारका अन्य सदस्य तथा आफन्तको मात्र उपस्थिति रहेको थियो । लाइभ साङ्गीतिक वाद्यवादन सहित गायक भट्टराईले त्यहाँ साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा गायक भट्टराईले करिब २ घन्टा हिन्दी, नेपाली नयाँ तथा पुराना गीत गरेर करिब २० गीत मार्फत सबैलाई झुमाएका थिए ।
पूर्वराजाको फ्यामिली ग्यादरिङमा आफूले साङ्गीतिक प्रस्तुति दिन पाउँदा निकै खुसी लागेको गायक भट्टराईले बताए ।
‘मैले जति समय साङ्गीतिक प्रस्तुति दिए । उहाँहरुले सबै प्रस्तुति ध्यान दिएर सुन्ने शब्द मनन गर्ने र संगीतमा रमाउने गर्नुभयो’, भट्टराई ले भने, ‘उहाँले गीत सकिँदा दिएको एक्सप्रेसन हेर्दा खुसी भएको सजिलै अनुमान गर्न सकिन्थ्यो ।’ कार्यक्रममा केही ठट्यौली गीतसमेत प्रस्तुत गरेका भट्टराईले उक्त गीत सुनेर शाह हाँसेको समेत सुनाए ।
‘मेरो लागि त्यो क्षण निकै अविस्मरणीय छ । किनभने मैले सानोमा नेपाल सरकारमा फेरबदल हुँदादेखि विभिन्न मुभमेन्टमा तत्कालीन राजाको बारेमा सुन्दै आएको थिएँ । त्यो अनुसार राजाको विषयमा मेरो जीवनमा एउटा महत्त्वपूर्ण छबि थियो । उहाँ एउटा इतिहास पनि हो’, उनले थपे ‘पूर्वराजा परिवारको अगाडि गएर एक्लै गाउन पाउनु नै ठुलो कुरो हो ।’
निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक