बर्खामा पानी शुद्धीकरण गरेर पिउन सुझाव

काठमाडौँ । बर्खामा खानेपानी दूषित हुने भएकाले शुद्धीकरण गरेर पिउन विज्ञहरूले सुझाएका छन् । बर्खामा खाने पानीको मुहानमा ढल मिसिने, वर्षा भएर खाने पानीमा बाहिरको फोहोर पदार्थ मिसिएर पानी दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर पिउन आग्रह गरेका हुन् ।
वर्षाको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकीजस्ता पानीजन्य सङ्क्रामक रोगहरूको जोखिम बढी हुने भन्दै सतर्कता अपनाउन भेरी अस्पतालका फिजिसियन डा. संकेत कुमार रिसालले सुझाए । उनले पानीको शुद्धतामा विशेष ध्यान दिन आग्रह गरे ।
बर्खामा वर्षा र बाढीका कारणले वरपरका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ ।
त्यसैले पानी उमालेर पिउनु पर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउनु पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले सुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक