न्युरोडका गल्ली पार्किङस्थलमा परिणत (तस्बिरहरू)
_wUdjt0pc5Q.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा गरिने सवारी साधनको पार्किङ हटाएपछि अहिले गल्ली गल्ली र चोकहरू पार्किङस्थलमा परिणत भएका छन् ।
विशेष गरी महानगरपालिकाभित्र वसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मारुहिती क्षेत्र अहिले पार्किङस्थलै बनेका छन् । त्यस्तै गरी सङ्कटा मन्दिर क्षेत्र पनि पार्किङ स्थल बनी सकेको छ ।
सांस्कृतिक नगरीको रूपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरू मोटरबाइक र स्कुटरले छोपिएको छ । यसरी गल्ली र चोकहरुमा पार्किङ गर्नाले हिँड्ने सर्वसाधारणलाई असर त परेकै छ, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसम्म नकारात्मक सन्देश गएकोले सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ ।
यसको विकल्पमा महानगरले सुन्धारामा पार्किङको निःशुल्क व्यवस्था गरिदिएको छ । तर पनि भित्री गल्लीलाई पाकिङ स्थल बनाउने क्रम रोकिएको छैन ।
फोटो लाइब्रेरीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ