सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

सोल । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको कारखानाका ३० हजार कर्मचारीहरू अनिश्चितकालीन हडताल गरेका छन् । मंगलबारदेखि तलब र अन्य सुविधाको माग गर्दै कर्मचारी संगठनले हड्तालको घोषणा गरेको हो ।
तीनदिने आम हडतालको अन्तिम दिन नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो निर्णय गर्न बाध्य भएको युनियनले जनाएको छ ।
युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० गतेदेखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ ।’ एनएसईयूले दक्षिण कोरियामा सैमसंग इलेक्ट्रोनिक्समा कार्यरत एक चौथाई कामदारहरूको प्रतिनिधित्व गर्दछ ।
हडतालले उत्पादन अवरुद्ध भएको युनियनले बताएको छ । तर सामसङले यो दाबीलाई अस्वीकार गरेको छ । गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा यो पहिलो पटक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध