यामालले रचे नयाँ इतिहास
काठमाडौँ । युरो २०२४ मा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा स्पेनका युवा खेलाडीले नयाँ इतिहास रच्न सफल भएका छन् । यामाल युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन् ।
स्पेन ०–१ गोलले पछि परेको स्थितिमा यामालले २१ औँ मिनेटमा गोल गर्दै १–१ को बराबरीमा ल्याएका थिए । उनले डीबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए ।
उक्त गोल गर्दा उनी १६ वर्ष ३ सय ६२ दिनका मात्र थिए । उनले स्विट्जरल्यान्डका जोहान भोनलानथेनको रेकर्ड तोडेका हुन् । भोलान्थेनले सन् २००४ को युरोमा १८ वर्ष १४१ दिनको उमेरमा गोल गरेका थिए । उनले पनि फ्रान्सविरुद्ध नै गोल गरेका थिए ।
यामाल युरो खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । उनी जुलाई १३ मा १७ वर्षको पुग्नेछन् । उनी जारी युरोमा सबैभन्दा बढी गोलको अवसर सिर्जना गर्ने खेलाडी पनि रहेका छन् । उनले हालसम्म ३ वटा एसिस्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’