बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु, एक जना घाइते
मङ्गलबार, २५ असार २०८१, २२ : ५५

बुटवल । बाँकेमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छिन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा साँझ ६ बजे दुई महिलालाई चट्याङ लागेको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले चट्याङबाट गम्भीर घाइतेको भएको दुवै जनाको कोहलपुर अस्पतालमा मृत्यु भएको राताेपाटीलाई बताए ।
मृत्यु हुनेमा राप्ती साेनारी गाउँपालिकाकि ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् । गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो ।
चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !