कोरिया रिटर्नीहरुलाई पुनः कोरिया जान आवेदन आह्वान, भाषा परीक्षा असोज ८ गतेदेखि हुने
_5xasihf8bm_DkXjQYG4uL.webp)
काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएका लागि पुनः अवसर आएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत पुनः कोरियामा रोजगारीका लागि जान पाउने अवसर प्रदान गरिएको हो ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउनको लागि आवेदन आह्वान गरेको हो ।
ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरुले मात्रै आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले जनाएको छ । त्यस्ता कामदारले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउनेछन् । उत्पादनमूलक क्षेत्रमा फारम भर्न चाहनेहरूले फारममा उल्लेख भएका ८ वटा समूहमध्ये जुन उपसमूहमा फारम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित ८ वटा प्रश्नको उत्तर दिनुपर्नेछ ।
ईपीएस शाखाले सार्वजनिक गरेको सूचना अनुसार यहि साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिनेछ । परीक्षाको नतिजा भने असोज २१ गते प्रकाशन गरिने ईपीएस शाखाले जनाएको छ ।
नेपालले दक्षिण कोरियासँग गरेको समझदारी पत्र (एमओयू) अनुरूप ईपीएस मार्फत वैधानिक तवरबाट कामदार पठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनि एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै
-
पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा