ललितपुरको बेरुजु ०.४ प्रतिशत, कुल खर्च ८३.६२ प्रतिशत
काठमाडौँ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगरको बेरुजु ०.४ प्रतिशत मात्र रहेको जानकारी दिएको छ । आ.व.२०८१/८२को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा महानगरले असार २४ गतेसम्म चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा कुल खर्च ८३.६२ प्रतिशत रहेको बताएको हो । यसमध्ये पुँजीगत खर्च ८१.३ प्रतिशत रहेको र राजस्व सङ्कलन: ९८.५ प्रतिशत रहेको महानगरपालिकाको भनाई छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए । यो गतवर्षको तुलनामा १५ प्रतिशतले बढी हो । यसमध्ये पुँजीगत तर्फी ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार ( ६३ प्रतिशत) र प्रशासनिक खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ ( ३७ प्रतिशत) रहेको प्रमुख महर्जनको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले महानगरले सम्पदा क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमणमा शून्य सहनशीलता अपनाउँदै सार्वजनिक जग्गाको लगत सङ्कलन गरेको जानकारी दिइन् । सिमाङ्कन र संरक्षणका लागि समिति गठन तथा बजेट व्यवस्था गरिएको श्रेष्ठको भनाई छ । त्यस्तै महानगरले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन एवम् पार्क निर्माणमा प्राथमिकता राखेको उनले बताइन् ।
यता सप्तपाताल पोखरी, पलेस्वा पुखु लगायतका आयोजनाहरू द्रुतगतिले प्रगति भइरहेको तथा चक्रपथ धोबीघाटमा अपाङ्गतामैत्री आकाशेपुल निर्माण (साइकल राम्प सहितको आकाशे पुल) भइरहेको महानगरेको भनाई छ । नख्खु खोलामा निर्माण भइरहेका तीनवटा पुलमध्ये एउटा पुलको निर्माण सम्पन्न भई समुद्घाटन भइसकेको महानगरले जानकारी दिएको छ ।
हरिसिद्धि र धापाखेलका बासिन्दालाई आवतजावतमा सहजताका लागि कर्मनाशा नदीमा पुल निर्माण गरिने तथा अपाङ्गतामैत्री फुटपाथ, ट्रान्सपरेन्ट ग्रीन फेन्स, स्मार्ट स्ट्रिट लाइट, हाई मास्ट र सीसीटिभी जडानलाई निरन्तरता दिने महानगरको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिंसाको न्यूनीकरण र महिलाको सशक्तीकरण
-
एनपीएल खेल्न नेपाल आइपुगे शिखर धवन, तस्बिरहरु
-
तीन तहका सरकारबिच समन्वयको अभाव छ : मन्त्री खड्का
-
पशुपतिमा दिवंगत पितृका नाममा बत्ती बालियो, तस्बिरमा हेर्नुहोस्
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा