हलिउड अभिनेता निकोलस केजले गरे संन्यासको घोषणा
![हलिउड अभिनेता निकोलस केजले गरे संन्यासको घोषणा](https://npcdn.ratopati.com/media/news/capture_tSq1oe5zL6.png)
लस एन्जलस । हलिउड अभिनेता तथा निर्माता निकोलस केजले अभिनयबाट संन्यास लिने घोषणा गरेका छन् । बहुमुखी अभिनय क्षमताका लागि परिचित अभिनेताले हालै अभिनयबाट संन्यास लिने र हलिउडमा आफ्नो भविष्यको बारेमा कुरा गरेका थिए ।
यसै क्रममा उनले अभिनयबाट संन्यास लिने योजनालाई यथार्थमा परिणत गर्ने दिशामा अघि बढेको बताएका थिए ।
निकोलसले सन् २०२३ मा एक अन्तरवार्तामा आफू अभिनयबाट संन्यास लिने योजनामा रहेको बताएका थिए । यद्यपि, उनको हातमा अझै तीन/चार वटा फिल्म छ । यी फिल्म सकिएपछि उनले अभिनयबाट संन्यास लिनेछन् ।
हालै द न्युयोर्करलाई दिएको एक अन्तरवार्तामा उनलाई यस विषयमा प्रश्न सोधिएको थियो जसको जवाफ दिँदै उनले संन्यासको पुष्टि गरेका थिए । आफू दुई–तीन सहायक भूमिका र तीन–चार मुख्य भूमिकामा देखिने अनि त्यसपछि अभिनयबाट संन्यास लिने बताए ।
कुराकानीको क्रममा उनलाई आफ्नो कुनै पनि फिल्म नहेरेका व्यक्तिलाई आफ्नो कुन फिल्म हेर्न सिफारिस गर्नु हुन्छ भनेर सोधिएको थियो । यसको जवाफ अभिनेताले पिग फिल्मको नाम लिएका थिए ।
अभिनय करियर चिप्लो ढलानजस्तै भएको अनि आफूले पहिलाको जस्तो प्रदर्शन गर्न नसक्ने भन्दै आफ्नो काम दर्शकहरूलाई मन पर्न छाड्नु अघि नै आफूले अभिनयबाट बिदा लिन चाहेको निकोलसले बताएका छन् ।
यसका लागि उनले शार्कको उदाहरण दिएका थिए । दर्शकहरूलाई यो शार्क रबरको पो रहेछ भन्ने लाग्नु अघि नै बिदा लिनु पर्ने उनले बताएका छन् । फिल्मबाट जे जे भन्नु पर्ने हो ती सबै भनिसकेको पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?
-
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
-
बागमती प्रदेशसभा : विधेयक छलफलका लागि समितिमा पठाइयो