बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पाकिस्तानी पत्रकारकी पत्नीलाई ७८ हजार डलर तिर्न केन्याली प्रहरीलाई आदेश

मङ्गलबार, २५ असार २०८१, १५ : ५४
मङ्गलबार, २५ असार २०८१

नैरोबी । केन्याको एक अदालतले पाकिस्तानका चर्चित पत्रकारकी पत्नीलाई ७८ हजार अमेरिकी डलर क्षतिपूर्ति तिर्न स्थानीय प्रहरीलाई आदेश दिएको छ । करिब दुई वर्ष अघि प्रहरीले ४९ वर्षका अर्शद शरिफको गोली हानेर हत्या गरेका गरेको थियो ।  शरिफ टिभी कार्यक्रम सञ्चालक थिए । पाकिस्तानको शक्तिशाली सैन्य नेता र भ्रष्ट राजनीतिक व्यक्तिहरूको यिनी कटु आलोचक थिए ।

ज्यान मार्ने धम्की पाएपछि शरिफ पाकिस्तान छाडेर विदेश गएका थिए । यसको दुई महिनापछि केन्याको काजिआदो सहरमा केन्याली प्रहरीको गोली प्रहारबाट शरिफको मृत्यु भयो । यस मामिलामा केन्याली अधिकारीहरूले निकै ढिलो गरेर कारबाही सुरु गरेका थिए । यसपछि संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले केन्या र पाकिस्तान दुवैको आलोचना गरेका थिए । अरू कोही ठानेर आफूहरूले शरिफलाई गोली हानेको केन्याली प्रहरीको तर्क थियो ।

तर शरिफकी पत्नी जाभेरिया सिद्दकीले भने पाकिस्तानी अज्ञात व्यक्तिले सुपारी दिएर केन्याको प्रहरीको हातबाट आफ्नो पतिको हत्या गराएको बताउँदै आएकी थिइन् । शरिफको हत्या मामिलामा केन्याली अधिकारीहरूले उचित तरिकाले कारबाही नगरेको अनि शरिफको बाँच्ने अधिकार हनन गरेको सोमबार काजिआदो उच्च अदालतले ठहर गरेको थियो । 

अदालतले सिद्दकीलाई क्षतिपूर्ति तिर्न र सोको पूरा भुक्तानी नहुँदासम्मको जरिवाना तिर्न आदेश पनि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप