शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सुजलको नयाँ उत्पादन बजारमा

मङ्गलबार, २५ असार २०८१, १५ : ४०
मङ्गलबार, २५ असार २०८१

काठमाडौँ । नेपालको अग्रणी कम्पनी सुजल फुड्सले आफ्नो नयाँ उत्पादन  'Delite – Dairy Whitener' पाउडर दुध बजारमा ल्याएको हो । 
देशको विभिन्न ठाउँहरुबाट संकलित दुधलाई नविनतम तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी 'Delite – Dairy Whitener' तयार पारिएकाले यो शत प्रतिशत अन्तरार्ष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको सुजलले उल्लेख गरेको छ । 

अन्य पाउडर दुधको तुलनामा यो बाक्लो रहेको छ भने यसको अत्याधुनिक ‘अल्ट्रा ड्राईङ स्प्रे प्रविधि’ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको कम्पनीको भनाइ छ । आधुनिक मेटालिक प्याकेजिङ्का कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।  

Delite Dairy Whitener बाक्लो क्रिमि र स्वादिष्ट छ भने गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण यो पाउडर दूध चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीको भनाइ छ । 
Delite Dairy Whitener नेपालभरी भाटभटेनी, सेल्स बेरी, बिग मार्टजस्ता प्रमुख स्टोरहरू, विभिन्न किराना पसलहरु र अनलाइन शपिङ्ग साइटहरूमा उपलब्ध रहेको जनाइएको छ ।  Delite Dairy Whitener  SKU ४०० ग्रामका लागि रु. ४७०   र  ८०० ग्रामको लागि रु .९०० कायम गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप