नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि हो : सांसद पाण्डे
मङ्गलबार, २५ असार २०८१, १५ : ४२
![नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि हो : सांसद पाण्डे](https://npcdn.ratopati.com/media/news/rajendra-pandey_tCc7SMtDKK.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद पाण्डेले सरकार गिरिबन्धु प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका प्रकरणहरू छोप्नका लागि बनेको बताए । उनले संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफूहरूको बुझाइ रहेको बताए । उनले प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको बताए ।
सांसद पाण्डेले एमाले र कांग्रेस सरकारमा आफूहरू सम्मिलित हुनेकुरा नसोचेको र आफूहरूको आवश्यकता पनि दुई दललाई महसुस नभएको अनुभव आफूले गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी पाइप फुटेर जलमग्न वन परिसर र विशेष अदालतको सरसफाइ (तस्बिरहरू)
-
आगामी फिल्ममा प्रभाससँग स्क्रिन शेयर गर्दैछन् अनुपम खेर
-
चोट र व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफी गुमाउने यी चर्चित खेलाडी
-
माओवादी सशस्त्र विद्रोह : ‘जनयुद्ध’ कि ‘हिंसा’ दिवस ?
-
शाहरुख–सलमानसँग फिल्म बनाउन चाहँदैनन् निखिल आडवाणी
-
बङ्गलादेशको विद्यार्थी आन्दोलनमा १४०० जना मारिएका थिए: रिपोर्ट