बेचन झा को हो बालकोट र बूढानीलकण्ठलाई थाहा छ : लेखनाथ दाहाल
मङ्गलबार, २५ असार २०८१, १४ : १३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बेचेन झा पक्राउ गरेपछि गठबन्धन बदलिएको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ४ महिनाअघि एमाले अध्यक्ष केपी ओलीले गरेको पटक पटकको आग्रहलाई प्रचण्डले स्वीकार गरेर समीकरण बदलिएको बताए ।
तर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाँदा बेचन झा र प्रतीक थापाको गिरफ्तारी भएसँगै गठबन्धन टुटेकाले ओलीले जवाफ दिनैपर्ने उनको भनाइ छ । बचैन झा पक्राउ परेपछि उनीसँग बयान लिन समेत रोकिएको सांसद् दाहालले दाबी गरे ।
उनले भने, ‘बचन झा को हुन् हामीलाई थाहा छैन ? नेपाली जनतालाई थाहा छ । बेचैन झा को हुन् त्यो राम्रोसँग बालकोटलाई पनि थाहा छ बूढानीलकण्ठलाई पनि थाहा छ । बेचैन झा पक्राउ परेपछि अहिले बयान नलिनुस्, असार २८ गतेपछि मात्र लिनुस् भनेर फर्मान जारी भएको विषय पनि बजारमा आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने