एमाले अध्यक्ष ओली अस्वस्थ, भएको के हो ?
मङ्गलबार, २५ असार २०८१, १४ : ०३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए । सोही कारण मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
‘अध्यक्षज्यूलाई दाँतले दु:ख दिएको थियो । त्यो दाँत सोमबार निकालिएको छ’, ओलीको सचिवालयले भन्यो, ‘आजको बैठकमा बोल्दा थप समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको हो ।’
उनी अहिले निवासमै आरामरत रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
-
बाँकेको पाँच स्थानीय तहमा छैनन् दमकल
-
गभारोले रित्तै सुपारीका बोट, उत्पादन र मूल्य दुवै घट्यो
-
संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी
-
बागमतीमा प्रभावकारी बन्दै ‘विद्यालय नर्स’ कार्यक्रम
-
खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण