बेरिल चक्रवातका कारण ७ जनाको मृत्यु

टेक्सास । बेरिल चक्रवातका कारण मर्नेको संख्या अमेरिकामा ७ जना पुगेको छ । चक्रवातले दक्षिण–पूर्वी टेक्सास र लुइसियानामा वितान्डा मच्चाएको छ ।
चक्रवातका कारण बिजुली आपूर्ति ठप्प हुँदा लाखौं मानिसहरू बिजुलीबत्ती बिहिन स्थितिमा बस्न बाध्य भएका छन् । सोमबार बिहान टेक्सास चक्रवातको चपेटामा आएको थियो । तर त्यसयता यो उष्णकटिबन्धीय आँधीमा परिणत भएको छ । अधिकारीहरूले विध्वंसकारी हुरी चल्ने, १५ इञ्च (३८ सेमी) सम्मको वर्षात् हुने र धनजन नै खतरामा पर्न सक्ने गरी आँधी आउने चेतावनी दिएका छन् ।
सोमबार ह्युष्टनको मुख्य विमानस्थलमा आउने र त्यहाँबाट उड्ने १ हजार १०० भन्दा धेरै उडान रद्द गरिको थियो ।
बिजुली नहुँदा सोमबार राति टेक्सासमा झडै २६ लाख मानिसहरूले अँध्यारो बिताउन बाध्य भएका थिए । लुइसियानामा पनि यस्तै स्थिति थियो ।
क्यारेबियनमा चक्रवातका कारण कम्तिमा १० जनाको ज्यान गएको बताइएको छ । विस्तारै उत्तर–उत्तरपूर्व तिर गइरहँदा बेरिल कमजोर बन्दै जाने अनुमान गरिएको छ । यद्यपि, भारी वर्षा र अचानक बाढी आउने जस्ता खतराहरू भने कायमै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार