टर्कीमा १ अर्ब डलर खर्चेर कारखाना खोल्दै छ बीवाईडी

बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले टर्कीमा १ अर्ब डलर खर्चेर नयाँ कारखाना खोल्दै छ । कम्पनीले चीनबाहिर आफ्नो उत्पादन र व्यापार व्यवसाय तीव्र रूपमा बढिरहँदा सो कारखाना खोल्न लागिएको हो ।
नयाँ कारखाना सन् २०२६ को अन्त्यतिर सञ्चालनमा आउने अनुमान गरिएको छ । कारखानाले ५ हजार रोजगारी सृजना गर्ने र बर्सेनि त्यहाँ १ लाख ५० हजार थान कार बन्ने टर्कीको सरकारी समाचार संस्था अनादोलुले बताएको छ ।
इस्तानबुलमा आयोजित एक कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तै्ययप एर्दोगन र बीवाईडीका प्रमुख कार्यकारी वाङ छुआनफुले यससम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए । यूरोपेली संघ र अमेरिकाले चिनियाँ विद्युतीय सवारी साधनमाथि अतिरिक्त महसुल लगाइरहँदा भएको यो सम्झौताले कम्पनीलाई केही राहत दिने आशा गरिएको छ ।
गएको हप्ता ईयूले चीनबाट आयातित विद्युतीय कारमा अतिरिक्त महसुल बढाएको थियो । टर्की आफैले पनि चिनियाँ विद्युतीय सवारी साधनमा ४० प्रतिशत अतिरिक्त महसुल लगाएको छ । टर्की ईयूको भन्सार सङ्घको हिस्साको रूपमा रहेको छ । बीवाईडीले टर्कीमा बनाएको कारमा ईयूको बजारमा अतिरिक्त महसुल लाग्ने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?
-
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
-
‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि