बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधि सभा बैठक बस्न ढिलाइ

मङ्गलबार, २५ असार २०८१, १२ : ००
मङ्गलबार, २५ असार २०८१

काठमाडौँ । मंगलबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ । 

राजनीतिक दलका नेताहरूबिच छलफल जारी रहेकाले संसद् बैठक बस्न केही समय ढिला हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको  छ

बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप