‘विश्वविख्यात वैदिक वैज्ञानिक’को दोस्रो संस्करण बजारमा
मङ्गलबार, २५ असार २०८१, ११ : ५५

काठमाडौँ । पुस्तक ‘विश्वविख्यात वैदिक वैज्ञानिक’को दोस्रो संस्करण हालै प्रकाशित भएको छ । कमल रिजालद्वारा लिखित सो पुस्तकलाई मानव सेवा फाउन्डेसन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।
प्रागैतिहासिक विज्ञान र वैज्ञानिकहरूबारे उत्खनन गरिएको पुस्तकमा विज्ञान र प्रविधिपरक वैदिक मन्त्रद्रष्टा ५९ जना ऋषिहरूको व्यक्तित्व र कृतित्वका सम्बन्धमा सम्यक् विवेचन भएका छन् ।
लेखक रिजालका अनुसार पुस्तकले सर्वप्रथम विश्वमा मानवसभ्यताको शङ्खघोष गर्दै विश्वबन्धुत्वको पाठ पढाउने मनीषिहरूको ज्ञान र देन केलाउने काम गरेको छ ।
प्रकाशक मानव सेवा फाउन्डेसनका अनुसार मामाघर अनाथालय आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको सहयोगार्थ प्रकाशित प्रस्तुत पुस्तकले वेद र विज्ञान बुझ्न चाहनेका लागि आँखी झ्यालको काम गर्ने गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म