यी १० जिल्ला, जहाँ छन् सबै भन्दा बढी ७२० जना डेंगु सङ्क्रमित

काठमाडौँ । देशभर १ हजार ४ सय ८३ जना डेंगु सङ्क्रमित रहेकामा काठमाडौँलगायत दश जिल्लामा मात्र ७२० जना सङ्क्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँ लगायत दश जिल्लामा ७२० जनामा डेंगु देखिएको हो ।
सोमध्ये काठमाडौँमा १६५ जनामा डेंगु सङ्क्रमण भएको छ । यस्तै, झापाका १२३ जनामा डेंगु पुष्टि भएको छ । चितवनमा ८६ जना, मकवानपुरमा ६८ जना, तनहुँमा ५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, ओखलढुङ्गाका ५० मा डेंगु देखिएको छ भने डोटीमा ४९ मा डेंगु सङ्क्रमण भएको छ । यस्तै, भोजपुर र सिन्धुपाल्चोकका ४६÷४६ जनामा डेंगु सङ्क्रमण भेटिएको ईडीसीडीको तथ्याङ्क छ । काठमाडौँसँगै सिमाना जोडिएको भक्तपुरका ३५ जनामा डेंगु पुष्टि भएको छ ।
देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्दै गएको छ । देशभरमा पछिल्लो पटक ५१ जनामा डेंगुका नयाँ सङ्क्रमित थपिएसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ८३ पुगेको छ ।
हालसम्म देशभर ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको ईडीसीडीको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक मनाङेको मुद्दा हेर्न नमिल्नेमा
-
सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
-
माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
भारतबाट बुवाले २० हजारको जागिर मिलाए, ह्याकरले छोरालाई चोरीमा प्रयोग गरे
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो