रास्वपा
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न रास्वपा अनुशासन आयोगको सिफारिस
मङ्गलबार, २५ असार २०८१, १० : ३५
काठमाडौँ । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बसिरहेको छ ।
रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल भइरहेको केन्द्रीय सदस्य शिशिर खनाललले बताए ।
अस्वाभाविक हर्कत र पार्टी हितविपरितको गतिविधि गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।
जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिंसाको न्यूनीकरण र महिलाको सशक्तीकरण
-
एनपीएल खेल्न नेपाल आइपुगे शिखर धवन, तस्बिरहरु
-
तीन तहका सरकारबिच समन्वयको अभाव छ : मन्त्री खड्का
-
पशुपतिमा दिवंगत पितृका नाममा बत्ती बालियो, तस्बिरमा हेर्नुहोस्
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा