जम्मु कश्मीरमा पाँच भारतीय सैनिकको मृत्यु
मङ्गलबार, २५ असार २०८१, १० : ०९
नयाँ दिल्ली । सोमबार जम्मु कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको गाडीमाथि हमला भएको थियो । हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलापछि अहिले पूरै क्षेत्रमा खोजी अभियान चलिरहेको छ ।
यसैबिच भारतीय रक्षामन्त्री राजनाथ सिंहले सैनिकमाथि भएको चरमपन्थीहरूको हमलाप्रति दुःख व्यक्त गरेका छन् । सिंहले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘म कठुआको बदनोटामा भएको आतङ्कवादी हमलामा हाम्रा पाँच बहादुर सिपाहीहरूको मृत्युबाट दुःखी छु। शोकसन्तप्त परिवारहरूप्रति मेरो गहिरो समवेदना। यो कठिन समयमा राष्ट्र तिनीहरूको साथमा उभिएको छ। आतङ्कवाद विरोधी अभियानहरू सञ्चालन भइरहेका छन् र हाम्रा सेनाहरू यस क्षेत्रमा शान्ति र व्यवस्था कायम गर्न प्रतिबद्ध छन्।’
उनले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म