सन्न्यास फिर्ता लिएर अस्ट्रेलियन टोलीमा फर्कन चाहन्छन् डेभिड वार्नर

काठमाडौँ । आफ्नो टोली अस्ट्रेलिया हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आईसीसी टी–२० विश्वकपबाट बाहिरिएलगत्तै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका प्रभावशाली ब्याट्सम्यान डेभिड वार्नरले पुनः सक्रिय खेल जीवनमा फर्कने इच्छा व्यक्त गरेका छन् ।
अस्ट्रेलियन टोली टी–२० विश्वकपको ‘सुपर–८’ चरणबाटै बाहिरिएको थियो । त्यसलगत्तै वार्नरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास लिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेटबाट भने त्यसअघि नै सन्न्यास लिइसकको थिए ।
सन्न्यास लिएको केही समय पनि नबित्दै ३७ वर्षीय वार्नरले आफू पुनः देशका लागि खेल्न इच्छुक रहेको बताएका छन् । उनले टोलीमा स्थान पाए आफू अर्को वर्ष आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफी खेल्न निकै इच्छुक रहेको बताए ।
च्याम्पियन्स ट्रफी सन् २०२५ मा पाकिस्तानमा आयोजना हुँदैछ । उनले सामाजिक सञ्जालब इन्स्टाग्राममार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘म अझै केही समय फ्रेन्चाइज क्रिकेटमा सक्रिय रहने छु । यदि अवसर पाएँ भने देशका लागि च्याम्पियन्स ट्रफी पनि खेल्न चाहन्छु । अझै पनि अस्ट्रेलियन टोलीले ठुला सफलताहरु हात पार्न बाँकी नै छ । प्याट कमिन्स, प्रमुख प्रशिक्षक एन्ड्र्यू म्याकडोनाल्ड र सपोर्टिङ स्टाफ यस विषयमा राम्रो जानकार छन्,’ उनले भनेका छन् ।
वार्नरले आफ्नो खेलजीवनलाई अगाडि बढाउन पत्नि र छोरीहरुबाट राम्रो समर्थन पाएको पनि उनले बताएका छन् । उनले आफ्ना समर्थकहरुप्रति पनि आभार व्यक्त गरेका छन् । सन् २०२३ अस्ट्रेलियाका लागि निकै फलदायी रह्यो ।
सोही वर्ष अस्ट्रेलियाले आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई दुई सय नौ रनले हराएको थियो । सोही वर्ष अस्ट्रेलियाले भारतलाई उसैको घरेलु मैदानमा हराएर एकदिवसीय विश्वकपको उपाधि पनि चुम्यो । अब अस्ट्रेलियन टोलीको आँखा च्याम्पियन्स ट्रफीमा छ ।
बायाँहाते ब्याट्सम्यान वार्नरले एकदिवसीय क्रिकेटमा कुल ६ हजार नौ सय ३२ रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा पनि कुल आठ हजार सात सय ८६ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले कुल तीन हजार दुई सय ७७ रन जोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४९ करोड राजस्व नतिरेपछि माछापुच्छ्रेका क्रसरलाई उत्खनन् नगर्न पालिकाको उर्दी
-
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : राणा
-
डा.मिश्रालाई सचिव बढुवा नगरिएको भन्दै परेको रिटमा कारण देखाऊ आदेश जारी
-
संसद्मा उठ्यो बाजुरामा जिउँदै गाई बगाएको घटना
-
नागरिक लगानी कोषको रकम उत्पादनमुलक र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
-
प्रतिनिधिसभा बैठक सुरु, यस्ता छन् कार्यसूची