उदयपुर र सर्लाहीसहित चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
![उदयपुर र सर्लाहीसहित चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह](https://rpcdn.ratopati.com/archived-media/rain.jpg)
काठमाडौँ । मंगलबार उदयपुर, सिन्धुली, मोरङ र सर्लाही जिल्लामा भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार ती जिल्ला भएर बग्ने नदी तथा खोलाहरूमा बाढीको जोखिम रहेको छ ।
महाशाखाले बिहान ७ बजेर ५५ मिनेट जारी गरेको सूचनामा उदयपुर जिल्लास्थित त्रियुगा खोलाको गाईघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेको छ । नदीको तटीय क्षेत्रमा रहनेहरूले दिउँसो सम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
त्यस्तै बिहान साढे ५ बजेको मापन अनुसार पछिल्लो १ घण्टामा सिन्धुली रानीबास, उदयपुर मुर्कुची बजार वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम तथा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने कमला, रातु, त्रियुगा र अन्य साना नदीहरूमा केही बहाव बढ्ने महाशाखाको भनाई छ ।
यसै गरी, बिहान ५ बजेर १५ मिनेटमा जारी सूचना अनुसार पछिल्लो ३ घण्टामा सर्लाही जिल्लास्थित पथ्थरकोट र मोरङको केराबारी वर्षा मापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल
-
ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल