कर्णाली प्रदेश : माओवादी संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पूर्व मन्त्री जिसीलाई
मङ्गलबार, २५ असार २०८१, ०८ : ५९

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद कृष्णबहादुर जिसी ‘जितेन्द्र’लाई दिएको छ ।
दल नेता राजकुमार शर्माले जिसीलाई उक्त जिम्मेवारी दिएका हुन् । यसअघि प्रमुख सचेतक रहेका रणसिं परियार जलस्रोत तथा ऊर्जा मन्त्री भएका छन् । परियारले त्यसअघि पनि प्रमुख सचेतकको भूमिका खासै निभाउन नसकेको भन्दै आलोचना भइरहेको थियो ।
जिसी यसअघि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेका सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?