एमाले सचिवालय बैठक बस्दै
मङ्गलबार, २५ असार २०८१, ०८ : १३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
गत सोमबार एमाले र कांग्रेसबिच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको छ ।
यसैबिच यही असार आठ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप
-
'जनवरी २० पछि देश निकालाका लागि आइसले मागेको छैन नेपालीको ट्राभल डकुमेन्ट'
-
सफल बन्न बिहान १० बजेअघि गर्नुहोस् यी १० काम
-
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित