कोशीमा असार २३ गतेसम्म करिब ७१ प्रतिशत बजेट खर्च

विराटनगर । कोशी प्रदेश सरकारले विगतको हाराहारीमा बजेट खर्च गर्न नसक्ने देखिएको छ । विगतका केही वर्षहरूमा ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्दै आएको कोशी प्रदेश सरकारले यो वर्षको असार २३ गतेसम्ममा जम्मा ७१ प्रतिशत बजेट खर्च गरेको छ । भुक्तानी गर्ने अन्तिम दिन असार २४ गते कति भुक्तानी भयो भन्ने विवरण भने आइसकेको छैन ।
कोशी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले दिएको जानकारीअनुसार २३ गतेसम्ममा कोशी प्रदेशमा चालू तर्फ ११ अर्ब ७४ करोड ३६ लाख ५५ हजार ४१० खर्च भएको छ । यस्तै पुँजीगततर्फ १४ अर्ब ३२ करोड ६ लाख ३२ हजार ४५२ रुपैयाँ खर्च भएको छ ।
जुन विनियोजन गरिएको बजेटको ७० प्रतिशत हो । यस्तै प्रदेशको हालसम्मको जम्मा खर्च २६ अर्ब ६ करोड ४२ लाख ८७ हजार ८६३ रुपैयाँ भएको छ । जुन विनियोजन गरेको बजेटमध्येको झन्डै ७१ प्रतिशत हो ।
प्रदेशमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजारको बजेट कार्यान्वयन भइरहेको छ । जसअनुसार कोशी प्रदेशको चालूतर्फ १६ अर्ब ३९ करोड ६५ लाख ९२ हजार रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ४१ करोड २४ लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
कोशी प्रदेश सरकार अन्तर्गतका लेखाका कर्मचारीहरूले मध्य असारमा एक हप्ता भन्दा बढी पेन डाउन गरेका कारण बजेट खर्च विगतमा जस्तो गर्न हम्मे हम्मे पर्ने देखिएको छ । झन्डै ३० अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान गरेको प्रदेश सरकारले लक्ष्य भेट्टाउन असार २४ सोमबार मात्रै ४ अर्बभन्दा बढी भुक्तानी गर्नुपर्ने देखिन्छ ।
चालू आर्थिक वर्षको जेठ महिनासम्ममा कूल खर्च २० अर्ब १७ करोड ९ लाख भएको थियो । कूल खर्चमध्ये चालूतर्फ ६ अर्ब ८७ करोड ३७ लाख, पुँजीगततर्फ १० अर्ब ६ करोड ८९ लाख र स्थानीय तह अनुदान तर्फ ३ अर्ब २२ करोड ८३ लाख रहेको थियो । जुन चालू, पुँजीगत र स्थानीय तह अनुदान तर्फको खर्च कायम बजेटको क्रमशः ५४ प्रतिशत, ४९.३ प्रतिशत र ८७.९ प्रतिशत हो ।
जेठ महिनामा मात्रै कूल खर्चमध्ये सबैभन्दा बढी ४ अर्ब २९ करोड ६ लाख खर्च भएको हो । वैशाख महिनामा यस्तो खर्च २ अर्ब २१ करोड ७२ लाख थियो । तर, असारको १८ गते बितिसक्दा पनि प्रदेश सरकारले यो महिना जम्मा २ अर्ब ९० करोड ८ लाख ५ हजार ७३४ रुपैयाँ मात्रै खर्च गर्न सकेको हो ।
जसमा चालू तर्फ असार महिनामा मात्रै ९२ करोड ३५ लाख ३१९ र पुँजीगततर्फ १ अर्ब ९७ करोड ७२ लाख ९७ हजार २१० रुपैयाँ खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफी फर्ममा फर्कने प्रयासमा रहेका अस्ट्रेलिया र इंग्ल्याण्डबिच आज भिडन्त
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन