कम्बोडियामा ५ वर्षीया बालिकालाई एच–५एन–१ बर्डफ्लू
नोम पेन्ह । दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी ५ वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि भएको छ । यसबाट सन् २०२४ को सुरुदेखि हालसम्म सङ्क्रमितको सङ्ख्या सात पुगेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
“बिरामीलाई ज्वरो आएको छ, उनको काकाको तीन वर्षीय छोरालाई जुलाई ५ मा भाइरसबाट सङ्क्रमित पाइएको थियो”, दुवै पीडित किरी भोङ जिल्लाको पोउ गाउँमा एउटै घरमा बस्ने गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “बालिका बिरामी हुनुभन्दा करिब १० दिनअघि गाउँमा कुखुरा र हाँसहरू मरेका थिए र बिरामीको परिवारले मरेका ती कुखुरा र हाँस पकाएका थिए भने बिरामीको मृत कुखुरासँग प्रत्यक्ष सम्पर्क थियो ।”
यस वर्ष अहिलेसम्म एच–५एन–१ बर्डफ्लूका सातवटा मानव केसमा एक वयस्कसहित छ जना बालबालिका थिए । यसमध्ये एक जनाको मृत्यु भएको थियो ।
एच–५एन–१ इन्फ्लुएन्जा एक फ्लू हो जुन सामान्यतया बिरामी कुखुराको बीचमा फैलिन्छ । तर यो कहिलेकाहीँ कुखुराबाट मानिसमा फैलिन सक्छ र यसका लक्षणहरूमा ज्वरो, खोकी, नाक बग्ने र गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छ ।
बर्डफ्लूले अझै पनि मानिसको स्वास्थ्यमा विशेषगरी बालबालिकाका लागि खतरा रहेको मन्त्रालयले मानिसहरूलाई बिरामी वा मरेको कुखुरा नखान आग्रह गरेको छ ।
सन् २००३ देखि हालसम्म एच–५एन–१ इन्फ्लुएन्जासँग मानव सङ्क्रमणका ६९ घटना रहेका थिए । यसमा कम्बोडियामा ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ दिनमा राष्ट्र बैंकबाट झण्डै दुई हजारले साटे नयाँ नोट
-
पर्यटनको राजधानी पोखराको लेकसाइड असुरक्षित
-
सौराहाको पर्यटनमा पर्यो बस र हेलिकप्टर दुर्घटनाको असर
-
लुम्बिनीमा श्रीलंकाली पर्यटक धेरै, सडकले घटायो आन्तरिक पर्यटक
-
‘पर्यटन पूर्वाधारका लागि कति भन्यौ भन्यौ, हाम्रो कुरा कसले मान्ने ?’
-
अर्थतन्त्र र समाजमा पर्यटनको ‘चेन इफेक्ट’