समाचार
कञ्चनपुरमा डुबेर बेपत्ता ३ किशोरी मृत फेला
सोमबार, २४ असार २०८१, १९ : ०४

कञ्चनपुर । कञ्चनपुरमा ३ किशोरीहरू मृत फेला परेका छन् ।
पुनर्वास नगरपालिका–५ रातीखालीमा दोदा नदीमा आएको बाढीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै किशोरीहरुको शव सोमबारफेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया आरती बोगटी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक