भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु
सोमबार, २४ असार २०८१, १८ : ४६

नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ ।
“विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीन/तीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एक/एक जनाको मृत्यु भएको छ”, मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ ।
हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई
-
ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल
-
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
-
कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला
-
संक्रमणकालीन न्याय : दुई आयोगमा क-कसको पर्यो आवेदन ? (सूचीसहित)