१४ मेनपावरले बुझाए ‘फ्री भिसा, फ्री टिकट’ मार्फत कामदार पठाएको विवरण

काठमाडौँ । चालु आर्थिक वर्षमा १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ मार्फत नेपाली श्रमिक विदेश पठाएको विवरण सरकारलाई बुझाएका छन् ।
चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ र शून्य लागतमा नेपाली श्रमिकहरूलाई विदेश पठाएको विवरण वैदेशिक रोजगार विभागमा बुझाएका हुन् ।
विभागले व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको थियो । हालसम्म १४ मेनपावर कम्पनीले मात्रै कामदार पठाएको विवरण पेस गरेको विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले बताए ।
मेनपावर व्यवसायीहरूले मलेसिया तथा खाडीका ६ मुलुकमा फ्री भिसा, फ्री टिकटमार्फत कामदार पठाउँदै आएका छन् ।
विभागले त्यस्ता १४ वटा मेनपावर कम्पनीको विवरण सार्वजनिक गर्दै उनीहरूले पैसा लिएको भए उजुरी गर्न समेत सबैमा अनुरोध गरेको छ । विभागले फ्री भिसा, फ्री टिकट तथा शून्य लागतमा कामदार पठाएको विवरण माग गर्दा कामदारको नेपाल हुँदाको मोबाइल नम्बर समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै
-
पहुँचका भरमा अनुदान पाएका होमस्टे बन्द भए
-
घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास
-
हमासले मानेन इजरायलको प्रस्ताव