‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न उनले निर्देशन दिए ।
प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ bipad.koshi.gov.np को आज शुभारम्भ गर्दै उनले विपद् जोखिममा रहेका र जङ्गली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताए ।
मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगतरूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले विपद्को अवस्थामा साथ र सहयोग पु¥याउने सरकार प्रतिबद्ध रहेको बताए ।
उक्त पार्टलमा बाढीपहिरो आउने स्थानका नागरिकलाई पूर्वसूचना दिने, नागरिकले आकस्मिक फोन गर्न सक्ने, सुझाव र गुनासा राख्ने, प्रक्रियागत अवस्था, भिडियो सन्देश तथा सम्बोधन, न्युज फिडलगायत सुविधा रहेका पार्टल निर्माणकर्ता दिवस लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र अमेरिकी सीमा पुनः निर्धारण गर्दै ट्रम्प
-
प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै
-
क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
जंगु र रुपालाई बाँके एमटीबी रेसको उपाधि
-
न्युजिल्यान्डसँग दोस्रो संस्करणको फाइनलमा भोगेको हारको बदला लिने धुनमा भारत