आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन : सांसद सिंह

सोमबार, २४ असार २०८१, १७ : ५०
सोमबार, २४ असार २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले देशलाई अहिलेको अवस्थाबाट निकास दिनु बाहेकको विकल्प नभएको बताएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

सांसद सिंहले देशलाई निकास दिन ठुला राजनीतिक दलहरूले सोच्ने बेला आइसकेको र संविधान संशोधनका लागि दुई ठुला राजनीतिक दलहरू मिल्नु राम्रो भएको बताए । उनले भ्रष्टाचार गर्ने कुनैपनि नेताहरूलाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे ।

सांसद सिंहले मन्त्री खानका लागि राप्रपा मरिहत्ते नगर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप