फ्रान्सेली प्रधानमन्त्रीले दिए राजीनामा

पेरिस । फ्रान्समा चुनावी परिणामपछि उत्पन्न गतिरोधबिच प्रधानमन्त्री ग्याब्रियल एटलले राजीनामा दिएका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले एटलको राजीनामा अस्वीकार गरेका छन् ।
म्याक्रोँले उनलाई प्रधानमन्त्री रहिरहन आग्रह गरेका छन् । देशको स्थायित्वका लागि एटल प्रधानमन्त्री रहिरहन आवश्यक रहेको उनको भनाइ छ । फ्रान्सको आम निर्वाचनमा म्याक्रोँको पार्टी दोस्रो स्थानमा आएपछि एटलले राजीनामा पेश गरेका थिए ।
आइतबार नतिजा आए लगत्तै उनले राजीनामा दिने कुरा गरेका थिए । फ्रान्समा भएको दोस्रो चरणको आम निर्वाचनमा वाम गठबन्धन–न्यु पपुलर फ्रन्टले सबैभन्दा बढी सिट ल्याएको छ भने पहिलो चरणमा नराम्रोसँग पछाडि परेको म्याक्रोँको पार्टी अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थानमा रह्यो ।
पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी नेशनल र्याली पार्टी तेस्रो स्थानमा रह्यो । तर यी तीन दलमध्ये कसैसँग पनि बहुमत नभएकोले त्रिशङ्कु संसद्को अवस्था सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन