आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीसीसीआई सचिवको खुलासा : रोहित शर्मा नै एकदिवसीय र टेस्ट टोलीको कप्तान

सोमबार, २४ असार २०८१, १७ : १५
सोमबार, २४ असार २०८१

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एक दिवसीय र टेस्ट टोलीको कप्तानमा रोहित शर्मालाई नै निरन्तरता दिने भएको छ । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आईसीसी टी–२० विश्वकपलगत्तै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

त्यसपछि बीसीसीआई टी–२० टोलीका लागि नयाँ कप्तानको खोजीमा जुटेको छ । तर, बीसीसीआईले एक दिवसीय र टेस्ट टोलीको कप्तानमा भने रोहितलाई नै निरन्तरता दिनेछ । बीसीसीआईका सचिव जय शाहले पनि यो समाचारको पुष्टि गरेका छन् ।

जय शाहले आगामी वर्ष आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा रोहितको कप्तानीमा भारतले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गरेका छन् । रोहितकै कप्तानीमा भारतले हालै सम्पन्न टी–२० विश्वकपको उपाधि चुमेको थियो । रोहित कपिल देव र महेन्द्रसिंह धोनीपछि विश्वकपको उपाधि जित्ने भारतका तेस्रो कप्तान हुन् ।

च्याम्पियन्स ट्रफी पाकिस्तानमा आयोजना हुँदैछ । ‘अबको चुनौती डब्लूटीसीको फाइनल र च्याम्पियन्स ट्रफी हो । यी दुवै प्रतियोगितामा रोहित शर्माको कप्तानीमा भारत च्याम्पियन बन्नेमा हामी विश्वस्त छौँ,’ बीसीसीआईका सचिव जय शाहले एक भिडियो सन्देशमा भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप