आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अम्बानीबाट कसले धेरै पैसा लगे, रिहान्ना कि जष्टिन बिबर ?

सोमबार, २४ असार २०८१, १७ : ०१
सोमबार, २४ असार २०८१

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको घरमा कान्छो छोराको बिहेको माहौल सुरु भइसकेको छ । बिहे अघिका दुई ओटा प्रि–वेडिङ समारोहको जति चर्चा भएको थियो, बिहेको पनि उत्तिकै चर्चा चलिरहेको छ । अनन्त अम्बानी र राधिका मर्चेन्टको सङ्गीत सेरेमनीको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

मार्च १ मा जामनगरमा पहिलो प्रि–वेडिङ समारोह भएको थियो । यसमा पप गायिका रिहान्नाले शानदार प्रस्तुति दिएकी थिइन् । सङ्गीत समारोहमा भने ग्लोबल स्टार सिंगर जष्टिन बिबर आए । रिहान्ना विश्वको सबैभन्दा महंगी पप गायिका मध्येमा पर्छिन् । उनको नेटवर्थ करिब १ अर्ब ४० करोड डलर छ । यसमा गायिकाले स्टेज शो बाट गर्ने कमाइको साथसाथै उनको कम्पनीबाट हुने आय पनि छ ।

खबरका अनुसार प्रि–वेडिङमा प्रस्तुतिका लागि रिहान्नालाई अम्बानी परिवारले ७४ करोड भारु फिस दिएका थिए । जष्टिन बिबरलाई पनि बिहेमा ठुलो रकम खर्चेर बोलाइएको छ । खबरका अनुसार बिबरले मुकेशको घरको बिहेमा गाउन १ करोड डलर (अर्थात् ८३ करोड भार) शुल्क लिएका छन् । बिबरले सङ्गीत सेरेमनिका केही फोटो आफ्नो इन्ष्टाग्राम एकाउन्टमा पनि शेयर गरेका थिए ।

एउटा फोटोमा बिबर हुनेवाला बेहुला अनन्त अम्बानी र हुनेवाली बेहुली राधिका मर्चेन्टको साथमा देखिएका छन् । बिबर झन्डै ४८ करोड ५० लाख डलर सम्पत्तिका मालिक हुन् । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कान्छा छोराको बिहे १२ जुलाईमा हुँदैछ । यतिबेला धमाधम बिहेका अन्य संस्कार भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप