आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच समझदारी

सोमबार, २४ असार २०८१, १६ : ४८
सोमबार, २४ असार २०८१

  काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता पत्रमा सोमबार सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र विभागको तर्फबाट महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरे । 

सरकारले आफू मातहतका निकायहरूलाई क्रमशः डिजिटलाइज्ड गर्दै लगेको छ ।  सो अन्तर्गत नै अनलाइन मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिएको भनाई विभागका महानिर्देशक सापकोटाले बताए । 

यस्तै श्रेष्ठले अनलाइन प्रणाली मार्फत रोक्का/रोक्का फुकुवा गर्दा बैंक तथा वित्तीय संस्थाहरूलाई पनि सहज तथा सरल हुने र वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षित राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झन्झटबाट मुक्ति मिल्ने विश्वास लिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप