उपसभामुख राना चीनको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना चीनको ७ दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छन् ।
उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिएर स्वदेश फर्किएकी हुन् ।
स्वदेश फर्केपछि उपसभामुख राणाले भ्रमण उपलब्धिमूलक भएको बताइन् ।
उनले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र दिगो विकासका लागि भइरहेका प्रयासहरूबाट धेरै कुरा सिक्न जरुरी रहेको बताइन् ।
भ्रमणका क्रममा उनले असार २० गते उक्त फोरमलाई सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बिचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्त्व रहेको धारणा राखेकी थिइन् ।
भ्रमणका क्रममा उनले चीनको स्वशासित क्षेत्र तिब्बतको लीजीमा उच्चस्तरीय भेटघाट गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका उपसचिव चेन योङ्ची लगायत पदाधिकारीसँग भेटवार्ता गरेकी थिइन् । त्यस्तै भ्रमण टोलीले धार्मिक तथा पर्यटकीय क्षेत्र मानसरोवर र कैलाश पर्वत, पोताला दरबार लगायतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरेको थियो ।
भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्बाङ तथा उपसभामुखका स्वकीय सचिव कुमार नेपाली समेत सहभागी रहेका थिए । यसैगरी फोरममा सहभागी हुन चीन गएका राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गाणेशप्रसाद तिमिल्सिना पनि सोमबारै स्वदेश फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह
-
प्रयोगमा ल्याएर फेल भएको ‘अतिरिक्त सचिव’ राख्ने सहमति
-
नक्कली नोटसहित एक जना पक्राउ
-
घोराहीमा कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित
-
श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन
-
ग्रामथान गाउँपालिकाका जनप्रतिनिधिको गाडी सुविधा कटौती