राखी सावन्तको उपचार खर्च तिर्न पुगे सलमान खान
नयाँ दिल्ली । बलिउडकी ड्रामा क्विन राखी सावन्त यतिबेला दुबईमा आराम गरेर बसिरहेकी छिन् । उनी पापाराजीको क्यामराबाट टाढा छिन् । तर पनि उनी हेडलाइनमा छाइरहेकी छिन् ।
हालै मात्र अभिनेत्रीको शल्यक्रिया गरिएको थियो । पेटबाट १० सेमी लामो ट्युमर निकालिएको थियो । यो शल्यक्रियाको बिल बलिउड अभिनेता सलमान खानले तिरेका छन् ।
राखी सलमानको निकै ठूलो फ्यान हुन् । राखीका पूर्व पति रितेशले पनि केही अघि अभिनेत्रीको स्थिति निकै नाजुक रहेको र उनको बिरामी नाटक नभएको बताएका थिए । शुरुमा राखीलाई हर्ट अट्याक भएको बताइएको थियो । तर जाँचको क्रममा उनमा अनेकौं स्वास्थ्य समस्या देखियो । यसमध्ये एक चाहिँ पेटमा ट्युमर थियो । यो अप्ठ्यारो स्थितिमा सलमानले आफूलाई सहायता गरेको उनले बताएकी छिन् ।
आफूले सहयोग नमागे पनि उनी आफैं आएर अस्पतालको बिल चुक्ता गर्न मद्दत गरेको राखीले बताएकी छिन् । ‘उनी आफ्नाहरूलाई कहिले पनि भुल्दैनन् । कसैलाई नबताइकन मद्दत गर्छन् । उनले मेरो मेडिकल बिल तिर्न पनि मद्दत गरे,’ राखीले टेली टक इन्डियालाई दिएको एक अन्तरवार्तामा भनेकी छिन् । यो अप्ठ्यारो परिस्थितिमा आफ्ना पूर्व पति रितेशले पनि आफूलाई निकै साथ दिएका राखीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रिमियर लिग क्रिकेट : गोलाप्रथामार्फत विराटनगर पुगे लोकेश बम
-
नेपाल प्रिमियर लिग क्रिकेट : लुम्बिनी लायन्सले किन्यो आशुतोष घिरैयालाई
-
नेपाल प्रिमियर लिग क्रिकेट : जनकपुर बोल्ट्सले किन्यो ललित राजवंशीलाई
-
हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी बनाइयोः बुद्ध एयर
-
विद्युत् व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ : मन्त्री खड्का
-
वर्षा रोकिएपछि ३ लाख ८० हजार मानिस उपत्यकाबाट बाहिरिए