युभेन्टसले प्रेमी–प्रेमिकालाई नै गर्यो अनुबन्ध
_3C2umCjrQf.png)
काठमाडौँ । युभेन्टसले फुटबल जोडीलाई नै आफ्नो क्लबमा भित्र्याएको छ । केही समयअघि ब्राजिलियन डगलस लुइसलाई अनुबन्ध गरेको इटालियन क्लबले स्विस खेलाडी एलिसा लेहमानलाई महिला टोलीमा भित्र्याएको हो ।
लुइस र लेहमान प्रेमी–प्रेमिका हुन् । २५ वर्षीया लेहमानले युभेन्टससँग ३ वर्षको करार गरेकी छन् । यसअघि क्लबले ५ करोड युरोमा एस्टन भिल्लाबाट लुइसलाई अनुबन्ध गरेको थियो । लेहमानले गत सिजन भिल्लाका लागि लिगमा मात्र १५ खेल खेलेकी थिइन् ।
सिजनको लामो समय चोटग्रस्त रहेकी उनले २ गोल मात्र गरेकी थिइन् । यसका बाबजुद उनको क्षमतालाई ध्यानमा राख्दै प्रशिक्षक मासिमिलानो कान्जीले उनलाई अनुबन्ध गरेका हुन् ।
‘डलगस र म एउटै क्लबमा हुन पाउनु भनेको सपना जस्तै हो,’ लेहमानले भनिन्, ‘हामीले धेरै पटक फरक सहरमा खेलेका थियौँ । नयाँ यात्रा एउटै ठाउँबाट अघि बढाउन पाउनु अद्भुत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल