आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

स्मार्टफोन बजारमा नयाँ ‘प्लेयरको इन्ट्री’

सोमबार, २४ असार २०८१, १६ : २२
सोमबार, २४ असार २०८१

काठमाडौँ । नेपालको ‘स्मार्टफोन मार्केट’ मा नयाँ ‘प्लेयर’ ले प्रवेश गरेको छ । चौधरी समूह अन्तर्गतको सीजी मोबाइलले बेलायती ब्रान्ड सार्वजनिक गर्दै नेपाली स्मार्टफोन बजारमा प्रवेश गरेको हो ।

सीजी मोबाइलले आज बेलायतको नथिङ टेक्नोलोजीले नेपालमा आफ्नो उप–ब्रान्ड सीएमएफ मोबाइल सार्वजनिक गरेको हो । मोबाइलसँगै सीजीले सीएमएफ ब्रान्डको स्मार्ट वाच र एयर बड्स समेत एकसाथ सार्वजनिक ग¥यो ।

नेपालमा प्रतिवर्ष ४० अर्ब रुपैयाँभन्दा बढीको मोबाइल बिक्री हुन्छ । भन्सार विभागका अनुसार प्रतिवर्ष अर्बौँ रुपैयाँ बराबरको मोबाइल आयात हुने गरेको हो । वैधभन्दा अवैध माध्यमबाट आयातित मोबाइलको बजार हिस्सा ठुलो पाइएपछि सरकारले एमडी एमएस प्रणाली लागू गरिसकेको छ ।

सीजीले आज आयोजित एक कार्यक्रममा कार्ल पेइद्वारा स्थापित ब्रिटिश आधारित उपभोक्ता इलेकट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजीको उत्पादन नेपालमा सार्वजनिक गरेको हो । नेपालमा सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र वाच प्रो २ सार्वजनिक भएको छ । सीएमएफ फोन १, सीएमएफ बड्स, सीएमएफ बड्स प्रो २, र वाच प्रो २ को लन्चसँगै ब्रान्डको ‘अद्भुत डिजाइन’ नैतिकताको प्रतिक भएको सीजी मोबाइलले बताएको छ ।

नथिङले नवीनतामा समर्पित उत्कृष्ट डिजाइन र उपभोक्ता केन्द्रित प्रविधिमा ध्यान केन्द्रित गरिरहेको बताइएको छ । सीएमएफ फोन १ ले स्मार्टफोन बजारमा सीएमएफको डेब्यूलाई चिन्ह लगाउँछ । जसले विविध उपभोक्ता प्राथमिकताहरू पूरा गर्ने उद्देश्यले निजीकरण र कार्यक्षमताको मिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । 

कालो, सुन्तला, हल्का हरियो र निलो रंगमा उपलब्ध, सीएमएफ फोन १ को प्रत्येक संस्करणले परिष्कृत अनुभवका लागि टेक्स्चर केस र अधिक स्पर्श अनुभवका लागि शाकाहारी छाला फिनिशको बिचमा फरक विकल्प प्रस्तुत गर्ने बताइएको छ । साथै, नथिङले फोन २ ए ल्याएको छ । जसमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट छ । नथिङले इअर र इअर (ए) (इअर बुड्स) पनि नेपाल मा ल्याएको छ ।

मोबाइल फोनससँगै स्मार्ट वाच र एयर बड्स सार्वजनिक गर्दै सिजी मोबाइलले स्थानीय दर्शकसँग संलग्न हुने र नेपालमा बलियो ब्रान्ड उपस्थिति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले अभिनेता प्रदीप खडकालाई आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप