आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

साउथ एसियन ट्राभल अवार्ड्सको ८औँ संस्करण नेपालमा हुने

सोमबार, २४ असार २०८१, १६ : ०४
सोमबार, २४ असार २०८१

काठमाडौँ । साउथ एसियन ट्राभल अवार्ड्सको ८औँ संस्करण हुने भएको छ ।

सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । कार्यक्रम साउन ४ गते काठमाडौँस्थित एक होटलमा आयोजना हुने बताइएको छ ।

नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा नेपाल—साउथ एसियन ट्राभल अवार्ड्सको ८औँ संस्करण हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

कार्यक्रमको उद्देश्य व्यापारलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ । आफ्नो भूमिकालाई सुदृढ गर्दै उद्योगमा नयाँ आविष्कार र वृद्धिको पहल गर्न कार्यक्रम हुने आयोजकले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप