आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकपमा एउटै खेल नखेले पनि करोडपति बन्दैछन् ७ भारतीय खेलाडी

सोमबार, २४ असार २०८१, १५ : ३७
सोमबार, २४ असार २०८१

नयाँ दिल्ली । जुन २९ मा दक्षिण अफ्रिकालाई हराउँदै भारतले टी–२० विश्वकपको उपाधि जितेको थियो । यतिबेला भारतभरमा राष्ट्रिय क्रिकेट टोलीको स्वागत भइरहेको छ । 

यस्तै जितको उत्सब चलिरहेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले च्याम्पियन टोलीलाई १२५ करोड भारतीय रुपयाँ पुरस्कार दिएको छ । तर यो रकम खेलाडीहरू बिच कसरी बाँडिन्छ ? सबै खेलाडीले बराबर पैसा पाउँछन् त ? प्रशिक्षक राहुल द्रविडले पनि च्याम्पियन खेलाडीले जति पैसा पाउँछन् ? रिजर्भ खेलाडीहरूले पैसा पाउलान् कि नपाउलान् ? तपाईँको मनमा पनि यस्ता अनेक प्रश्न उठेका छन् कि ?

टी–२० विश्वकप जितेर भारतीय क्रिकेट टोली जुलाई ४ मा स्वदेश फर्किएको थियो । यस दिन बीसीसीआईले टोलीलाई सम्मान गरेको थियो । बोर्डले सोही दिन टोलीलाई १२५ करोड रुपैयाँको पुरस्कार राशिको चेक पनि दियो । इन्डियन एक्सप्रेसका अनुसार टोलीमा समावेश भएका सबै १५ खेलाडीले ५–५ करोड रुपयाँ पुरस्कार पाउनेछन् । टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडले पनि ५ करोड नै पाउनेछन् ।

रिजर्भ खेलाडीलाई १/ १ करोड रुपयाँ

अमेरिका र वेस्ट इन्डिजमा खेलिएको टी–२० विश्वकपमा भारतीय टोलीमा जम्मा ४२ जना थिए । १५ सदस्यीय टोलीमा ४ रिजर्भ खेलाडी थिए । रिजर्भ खेलाडीका रुपमा राखिएको शुभमन गिल, रिंकु सिंह, खलिल अहमद र आवेश खानलाई १–१ करोड रुपयाँ पुरस्कार दिइनेछ ।

७ खेलाडीले एउटै खेल खेलेनन्

भारतीय टोलीमा परेका तीन खेलाडी युजभेन्द्र चहल, सञ्जु सामसन र यशस्वी जैसवालले टी–२० विश्वकपमा एउटै खेल खेल्ने मौका पाएनन् । चाहल, सञ्जु र यशवीले एउटै खेल नखेलिकन ५–५ करोड रुपयाँ पाउनेछन् । टिममा राखिएको तीन खेलाडीले त प्लेइङ इलेभेनमा ठाउँ पाएनन् भने रिजर्भ खेलाडीले कसरी पाउँथे । यसको मतलब टी–२० विश्वकपमा टिमसँग गएका ७ खेलाडीले एउटै खेल नखेलेपनि पनि करोडपति बन्नेछन् ।

चयनकर्ताले पाउनेछन् एक–एक करोड रुपयाँ

राहुल द्रविड बाहेक कोचिङ स्टाफका अन्य सदस्यले २ करोड ५० लाख – २ करोड ५० लाख रुपयाँ पुरस्कार राशी पाउनेछन् । सहयोगी कर्मचारीले २ करोड रुपयाँ पाउनेछन् । मुख्य चयनकर्ता अजित आगरकर सहित चयन समितिका प्रत्येक सदस्यलाई १–१ करोड रुपयाँ दिइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप