फ्रान्समा त्रिशङ्कु संसद्, बजारमा हलचलबिच युरोको मूल्यमा गिरावट
_sXSe0WZcRD.png)
पेरिस । आइतबारको रात फ्रान्सका लागि अपेक्षा विपरीत परिणामको रात थियो। संसदीय निर्वाचनको नतिजा अप्रत्याशित थियो ।
दक्षिणपन्थी नेसनल र्याली पार्टीलाई रोक्न दोस्रो चरणको चुनावअघि जिन ल्यूक मेलेँशोले वामपन्थी र मध्यमार्गी पार्टीहरूबिच रणनीतिक गठबन्धन बनाउने प्रयासमा प्रमुख भूमिका खेलेका थिए। वाम गठबन्धन न्यु पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा छ । नराम्ररी पछि परेको म्याक्रोनको मध्यमार्गी पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ ।
पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दक्षिणपन्थी राष्ट्रिय र्याली तेस्रो भयो। तर तीमध्ये कसैसँग पनि बहुमत नपुगेपछि फ्रान्समा त्रिशङ्कु संसद्को अवस्था सिर्जना भएको छ ।
तर, नेसनल र्याली पार्टी सत्तामा आउन नसक्दा धेरैले राहत महसुस गरेका छन् । पछिल्लो मत परिणाम अनुसार ५७७ सिट भएको राष्ट्रियसभामा दलहरूको स्थिति यस्तो छ :
न्यु पपुलर फ्रन्ट - १८२
मध्यमार्गी गठबन्धन - १६८
नेसनल र्याली+सहयोगी -१४३
रिपब्लिकन+दक्षिणपन्थी - ६०
अन्य वाम दलहरू - १३
अन्य - ११
नतिजा आएपछि बजारमा उथलपुथल छ । युरोको मूल्य ०.२ प्रतिशतले घटेर अब १.०८ डलर पुगेको छ।
मुलुकको राजनीतिक गतिरोधले लगानीकर्ता चिन्तित छन् । सबैभन्दा बढी सिट जितेको वामपन्थी न्यु पपुलर फ्रन्टको गठबन्धनले राष्ट्रपति इमानुएल म्याक्रोनको सुधारवादी एजेन्डालाई अगाडि बढाउन नसक्ने विश्लेषकहरू विश्वास गर्छन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन
-
५ अर्ब खर्चिंदा पनि शुद्ध भएन पोखराको पानी
-
महाशिवरात्रिको अवसर पारेर ‘कमेडी किड्स’को अडिसन खुला