अभिलेख संरक्षण ऐनबारे समितिमा छलफल

काठमाडौँ । संसदीय समितिले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।
राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सो विधेयकमाथि छलफल सुरु गरेको हो ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकको वस्तुगत र कानुनी प्रावधानसँग पनि सम्बन्धित रहेर छलफल गरिएको समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिए ।
उनले भने, ‘यो अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा गरेका छौँ । प्रतिनिधि सभाबाट संशोधनसहित राष्ट्रिय सभामा सन्देशसहित आएको छ । यसलाई छलफल गर्न सजिलो होस भनेर हामीले सुरुवात गरेका छौँ । यो अभिलेख फेरी हाम्रा समितिसँग अन्तरसम्बन्धित पनि छ ।’
बैठकमा समितिका सदस्यहरूले अभिलेख संरक्षण ऐनलाई समयानुकूल बनाउन सरकारलाई सचेत गराएका थिए । समितिको अर्को बैठक असार २५ गते मंगलबार बिहान साँढे १० बजे बस्नेगरी बोलाइएको छ । बैठकमा पुस्तकालयको अनुगमनका सम्बन्धमा छलफल हुने समितिका सभापति शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्यारिफ मामिलामा ट्रम्पलाई घेर्दैछन् अर्बपतिहरू, निर्वाचनमा समर्थन गरेकाहरूले गर्न थाले विरोध
-
कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड
-
बार निर्वाचन : एमाले-कांग्रेसनिकट गठबन्धनका मिश्रले बढाए मतान्तर, श्रेष्ठ गृह जिल्लामै कमजोर
-
चिया सम्मेलन गर्ने निर्णयबाट पछि हट्यो कोशी सरकार
-
इसेवाको नाममा भ्रामक एसएमएस, लिंक क्लिक नगर्न आग्रह
-
गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा कर्णालीबाट