तोडियो ३७ वर्ष पुरानो कीर्तिमान
काठमाडौँ । यारोस्लाभा माहुचिखले हाई जम्पको ३७ वर्ष पुरानो कीर्तिमान तोडेकी छिन् । युक्रेनी हाई जम्परले पेरिसमा आइतबार आयोजित डायमन्ड लिग ट्रयाक एन्ड फिल्डमा नयाँ कीर्तिमान बनाएकी हुन् ।
विश्व च्याम्पियन माहुचिखले २.१० मिटरको छलाङ मार्न सफल भइन् । यसअघि बुल्गेरियाकी स्टेफ्का कोस्टाडिनोभाले सन् १९८७ मा रोमा २.०९ मिटरको रेकर्ड राखेकी थिइन् ।
२२ वर्षीया खेलाडीले भनिन्, ‘यो प्रतियोगितामा आउँदा मलाई २.०७ देखि २.१० मिटरसम्म छलाङ मार्न सफल हुन्छु भन्ने लागेको थियो । अन्ततः मैले एथ्लेटिक्सको इतिहासमा युक्रेनको नाम लेख्न सफल भएँ ।’
उता, फेथ किप्येगोनले महिला १५ सय मिटर दौडमा नयाँ कीर्तिमान बनाउन सफल भइन् । उनले गत वर्ष फ्लोरेन्समा आफैले बनाएको कीर्तिमान भङ्ग गरेकी हुन् ।
केन्याकी किप्येगोनले ३ मिनेट ४९.०४ सेकेन्डमा दौड पूरा गरिन् । यसअघि उनले ३ मिनेट ४९.११ सेकेन्डमा दौड पूरा गर्दै रेकर्ड राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु
-
हराएका २६ ओटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
प्रचण्ड–मोदीले उद्घाटन गरेको १६ महिनामा पनि चलेन रेल
-
पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ मन्त्रालय
-
माफी मागेपछि सिधा कुराका ढुंगाना र कँडेल थुनामुक्त
-
इजरायली सेनाले ध्वस्त पार्यो हिजबुल्लाहको २५० मिटर लामो सुरुङ