रौतहटमा दुई जनाको शव फेला
सोमबार, २४ असार २०८१, १४ : ५६

रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । माधव नारायण नगरपालिका ९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेको अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको छ । सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले उक्त शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।
त्यस्तै यमुनामाई गाउँपालिका ४ स्थित साँझ खोला किनारमा पनि आज एक जना अपरिचित ३० बर्सिया महिलाको शव फेला परेको छ। स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाबाट गएको संयुक्त टोलीले महिलाको शव पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी