फोटोफिचर
सुन्दरसँगै अपाङ्गमैत्री बन्दै काठमाडौँका सडकपेटी, तस्बिरहरु
सोमबार, २४ असार २०८१, १४ : ५२
१
![सुन्दरसँगै अपाङ्गमैत्री बन्दै काठमाडौँका सडकपेटी, तस्बिरहरु](https://npcdn.ratopati.com/media/news/ktm-sadak_HF5OefDfma.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछि काठमाडौँका सडकपेटी सुन्दर देखिन थालेका छन् । सडकपेटी अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज भएको छ ।
काठमाडौँको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनी सकेका छ भने बल्खु कुलेश्वर क्षेत्रको सडकपेटी बन्ने काम जारी छ ।
यसरी काठमाडौँका विभिन्न स्थानमा बनेका सडकपेटी दृष्टिविहीनका लागि हिँड्न सहज हुने गरी बनाइएको छ । काठमाडौँ महानगरभित्रका सडकपेटीहरु एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजनाअनुसार निर्माण कार्य धमाधम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात