आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

शोकाकूल छ तनहुँको काउरे गाउँ

सोमबार, २४ असार २०८१, १४ : ३८
सोमबार, २४ असार २०८१

तनहुँ ।  जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उहाँसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको हो । 

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । उक्त पहिरोमा परेर अन्य चार जना घाइते भएका छन् । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पश्चात् घर फर्किसकेका छन् । 

अविरल वर्षापछि पहिरो खस्ने खतरा बढेपछि हीरा नेपालीको घरको सामान सार्न गएका छिमेकी बाँस्तोला र भण्डारीसमेत पहिरोमा परेर बेपत्ता भएका थिए । बेपत्ता दुवैजनाको शव फेला परेपछि अहिले गाउँ शोकमा डुबेको नगरप्रमुख पण्डितले बताए ।

“अहिले मृतकका परिवारलाई सान्त्वना दिन स्थानीय, शुभचिन्तकको घुइँचो लागेको छ । घट्नाले सिङ्गो नगर शोकमा डुबेको छ”, उनले भने ।  नगरप्रमुख पण्डितका अनुसार नगरपालिकाको तर्फबाट घाइते सबैको उपचार तथा मृतकका परिवारलाई किरियाखर्च दिने निर्णय भएको जानकारी दिए ।

मृतक तीनै जनाको शव परीक्षण गरी आफन्तको जिम्मा लगाई जातीय पराम्परा अनुरुप दाहसंस्कार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।  उनका अनुसार नेपालीको शनिबार, बाँस्तोला र भण्डारीको आइतबार बिहान खोजीका क्रममा शव भेटिएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी खोजी तथा उद्धारमा जुटेका थिए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप